हुलाकी न्यूज नेपालजञ्ज १६ मंसिर । जमुनहा नाकाबाट आवतजवात गरिरहेका युवाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै पहाडी भिजलन्तेहरुले मधेशी–मुस्लिमहरुलाई नियन्त्रणमा लिई कुटपिट गरेका छन् । मधेशीहरुलाई आन्दोलनकारी भन्दै कुटपिट गरिएको घटनाप्रति तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) उपक्षेत्रीय कार्यालय नेपालगंजले भत्र्सन गरेको छ ।
बाँके बनकट्टी गाविस वर्डा नं.१ बस्ने वर्ष ५० का समसुद्दीन खाँलाई पहाडी युवाहरुले नियन्त्रर्णमा लिई कुटपिट गरेकोप्रति थर्ड एलायन्सले आपत्ती प्रकट गरेको छ । खाँसहित २ दर्जन सर्वसाधारणमाथि प्रहरी र गैरमधेशीहरुले आक्रमण गरी घाईते बनाएकोले तत्काल दोषी पत्ता लगाई कारवाही गर्न सरकारसंग जोडदार मागसमेत गरेको छ ।
थर्ड एलायन्सले भिजिलन्ते प्रयोग गरी मधेशी–मुस्लिमहरुलाई नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई आतंकित गर्नले लामो समयदेखि कायम रहेको सदभाव बिगर्ने काम भएकोले सरकारलाई सचेत हुन अनुरोध गरेको छ ।
साथै नाकामा प्रहरीले रिक्सा चालकदेखि पैदल यात्रु मधेशी अनुहार भएकाहरुलाई नियन्त्रणम लिई यातना दिई रहेकोले तत्काल सहज रुपमा आवत जवात गर्ने वातावरण मिलाउन सरकारसंग थर्ड एलायन्सले माग गरेको छ ।



