रंजन भण्डारी, जलेश्वर १६ मंसिर । महोत्तरीको सम्सीमा बुधवार साँझ भारतबाट तस्करी गरि ल्याउदै गरेको करिब ३५ लिटर पेट्रोल आगोलगाई नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाईते भएका छन् । उनको अवस्था गम्भीर रहेको छ भने तुरुन्त काठमाडौ रेफर गर्न जानकी मेडिकल जनकपुरले तयारी गरिरहेको जानकारी प्राप्त भएको छ ।

सम्सी ७ का भोगेन्द्र यादवले तस्करसँग पेट्रोल खोसी आगोमा नष्ट गर्न खोज्दा दुर्घटना हुन पुगेको सहकर्मी राजिव रायले जनाएका छन् । उनको उपचार जनकपुरमा सम्भव नभएको र काठमाडौ लग्ने तयारी भईरहेको समेत उनले बताए ।
यता तस्कर भने घटनालगतै फरार भएका छन् । तस्करको पहिचान खुल्न सकेको छैन ।
फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.