आशिष गुप्ता, नेपालगंज, १६ मंसिर । नेपालगंजको जमुनाहा नाकामा बुधबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नाकामा धर्ना दिएर बसेका प्रदर्शनकारीलाई प्रहरीले हटाउने क्रममा झडप भएका नेता कमुरुदिन राईले हुलाकी न्यूजलाई बताएका छन् ।

नाकामा धर्ना दिएर बसेका प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै प्रहरीले जबरजस्ती हटाएको विजय कुमार गुप्ताले बताए ।

प्रदर्शनकारीमाथि गरेको आक्रमणमा १२ जना मधेशी आन्दोलनकारी घाईते घाईते भएको जनाएका छन् । प्रहरीले अत्यधिक बल प्रयोग गरेको स्थानीयहरुले आरोप लगाएको छ ।

दशगजबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको प्रहरीको दाबी रहेको छ ।

छठ अगाडिसम्म पूर्ण रुपले खुला रहेको नेपालगंजको नाकामा छठपछि भने आन्दोलनकारीले कडाई गरेका छन् । उनीहरुले रातिको समयमा पनि पाल राखेर नाकामा धर्ना दिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.