हुलाकी न्यूज, जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टी सिरहा जिल्लाको सुखिपुर ना.पा वडा नं ८ मा युवा जनमत संघ गठन गरेका छन् ।

सिरहाको सुखिपुरमा वडा स्तरिय युवा जनमत संघ गठन संयोजकमा आशिष साह रहेका छन् ।

सोमबार सुखिपुरमा भएको वडा स्तरीय युवाहरुको भेलाबाट साहको संयोजकत्वमा २५ सदस्यीय युवा जनमत संघ वडा कार्यक्रमिति गठन गरिएको छ।

यस वडा स्तरीय युवा भेला कार्यक्रममा जनमत पार्टी सिरहाका उपाध्यक्ष पंकज सिंह, जिल्ला सचिव सन्तोषयादव, सदस्य रमेशयादव, विधार्थी नेता नवरतनसाह लगायतका उपस्थितिमा थिए।

कार्यक्रममा बोल्दै जिल्ला सचिव संतोषयादवले भने पुरानो मयाद गुजरेका पार्टीहरुले “युवाहरु भविष्यका कर्णधार मात्र हुन् भने तर होइन् युवाहरु भविष्य मात्र हैन् वर्तमानका सम्वाहक हुन् ” भने युवाहरु राजनीतिमा आएसँगै मात्र मधेश समृद्धका सपना छिटै सकार हुने बताउनुभएको छ।

यही सँगै मन्तब राख्ने क्रममा विधार्थीनेता नवरतन साहले भने झनडै ७० वर्ष देखि युवालाई विभिन्न पार्टीहरुले प्रयोग मात्र गरे अधिकारको नाममा मधेश आन्दोलन भयो र त्यस आन्दोलनमा संयौ युवाहरुलाई सहिद मात्र बनाए अब आन्दोलन हुन्छ तर विकास, शिक्षा, आत्म सम्मान र भरषट नेताहरु लाई कारवाही गराउन आन्दोलन हुन्छ भने बताएकाछन् भने  कार्यक्रममा पार्टीको सयौं युवाहरुको सहभागितामा भव्यताका साथ युवा जनमत संघ सुखिपुर वडा कार्यसमिति सर्वसहमतिबाट चयन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.