हुलाकी न्यूज ,जनकपुरधाम : महोत्तरीबाट लागूऔषधसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ सम्सी गाउँपालिका–७ चाँदनी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गोर्खाको बुढीगण्डकी गाउँपालिका–२ का २३ वर्षीय अजय परियार र नुवाकोटको विदुर नगरपालिका–७ का ३० वर्षीय संजय भट्ट रहेका छन् ।

चाँदनी चोकमा प्रदेश नं. ०२–०२२ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेक गर्दा कालो झोलामा अगरबत्तीभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको साथबाट नाइट्राभेट ट्यावलेट २३७० थान, प्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थान, ओफिन इन्जेक्सन ११८ थान, डाइजेल्याव इन्जेक्सन १७१ थान, डाइजेपाम इन्जेक्सन ४६ थान बरामद गरेको सापकोटाले बताए ।पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.