हुलाकी न्यूज ,जनकपुरधाम :  सरकर सँग ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरिएको भन्दै चुरे अभियानीहरुले फेरि अनसनमा बस्ने चेतावनी दिएका छन् ।अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे माग सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले सहमति भएको मितिबाट ७ दिन भित्र प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारले ढिलाई गरेकोले आफूहरु फेरि अनसनमा बस्ने चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादवले चेतावनी दिएका छन् ।

चुरे संरक्षण सहितको ५ बुँदे माग राख्दै जनकपुरधामको जनक चोकमा ९ दिनसम्म गरेको आमरण अनसन पश्चात प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले ७ बुँदे लिखित सहमति गरेपछि अनसन तोडिएको थियो ।

मन्त्री यादवले आमरण अनसनमा बसेका चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव तथा केन्द्रिय सह–संयोजक रानी राय भूमिहारलाई जुस खुवाएर अनसन तोड्न लगाएका थिए ।सहमति पत्रमा मन्त्री यादव तथा अनसनकारीहरूको तर्फबाट चुरे तथा वनजंगल संरक्षण अभियानका सल्लाहकार सरोज रायले हस्ताक्षर समेत गरेका थिए ।चुरे अभियानीहरु साउन २८ गतेदेखि भदौ ४ गतेसम्म सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै जनकपुरधामको जनकचोकमा आमरण अनसनमा बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.