हुलाकी न्यूज ,जनकपुरधाम : जनकपुरधामस्थित कुर्थाका स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सडक मर्मतको माग गर्दै पैदल आवतजावत गर्न समेत समस्या भएको भन्दै कुर्थाका युवाहरूले टायर बालेर विरोध प्रदर्शन गरी चकाजाम गरेका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ परिक्रामा सडकदेखि कुर्थासम्मको बाटोमा स्थानीय जनप्रतिनिधिले सडक मर्मत गर्न कुनै चासो नदेखाउँदा जीर्ण भएकोमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् भने उनीहरूले भ्रष्ट मेयर मुर्दावाद, प्रदेश सरकार मुर्दावादको नारा लगाउँदै जनप्रतिनिधिलाई गालीगलौज समेत गरेका छन् ।

वर्षातको समयमा यस सडकखण्डमा पैदल यात्रुका साथै सवारी साधन आवतजावत गर्न समेत कठिनाइ भएको छ ।जनकपुरधाम उपमहानगरपालिका तथा सडक विभागले समेत कुनै चासो नदेखाएपछि आज आफूहरू चक्काजाम गर्न बाध्य भएको स्थानीयले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.