आशिष गुप्ता, नेपालगञ्ज, १५ मंसिर । नेपालगञ्ज रुपैडिहा नाकामा गोली भेटिएका छन् । नाकामा गोली भेटिएपछि सोमबार राति प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाएको हुनसक्ने आशंका गरिएको छ ।
नेपालगञ्जमा नाकाबन्दी सशक्त बनाउन आन्दोलनकारीले चौबीस घण्टा धर्ना दिन थालेपछि सोमबार राति प्रहरीले बल प्रयोग गर्दै आन्दोलनकारीलाई हटाएको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा पहाडी समुदायका युवाले पनि प्रदर्शनकारीमाथि आक्रमण गरेका थिए ।
सोमबार प्रहरीले दमन गरेपछि प्रदर्शनकारीले आन्दोलन झनै चर्काउने बताएका छन् । नाकामा रहेका आन्दोलनकारीले मंगलबार राति पनि नाका पूर्णरुपले ठप्प बनाएका छन् ।
नेता विजय गुप्ताले प्रहरीले दमन गरेकाले आन्दोलन झनै चर्काउने बताएका छन् ।



