हुलाकी न्यूज ,जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवको सवारी चालकमाथि हातपात गरिएको छ ।
गत मँगलबार दिउँसो अस्पताल परिसरभित्रै अज्ञात व्यक्तिहरुले सवारी चालक शम्भु पण्डितमाथि केही युवकहरुले हातपात गरेको बताइएको छ । चालक पण्डितले आफूलाई बिना कारण हातपात गरेको सुनाएका छन् ।
सिसिटिभी फुटेजको आधारमा पण्डितलाई हेल्मेटले हानेको देखिएको छ । सोहीसँगै युवकहरुले उनलाई हातपात गरेको देखिएको छ । मेसु डा. यादवका अनुसार, उनीहरुलाई कारवाहीको लागि प्रहरीमा उजुरी परेको बताएका छन् ।
मँगलबार दिउँसो करिब १ बजेको समयमा अस्पताल परिसरभित्र तीब्र गतिले मोटरसाईकल चलाउँदै आएका महोत्तरीको बगरा बस्ने (नाम नखुलेको) युवकहरुले ब्रेक लगाउँदा मोटरसाईक दुर्घटना भएर लडेको थियो । चालक पण्डितले कमसेकम अस्पताल परिसरभित्र सभ्य तरिकाले मोटरसाईकल चलाउन भनेपछि हातपात गरेको बताइएको छ ।
“अस्पतालको गेटबाट तीब्र गतिमा मोटरसाईक अस्पतालभित्र छिरायो, जब ब्रेक लगायो मोटरसाईकल पल्टियो । उनीहरु घिस्रिदै करिब १० मिटरसम्म पुगे । सोही बेला म इमजरेन्सीको गेट निर उभिएको थिए । अस्पतालभित्र यत्रो स्पीडमा गाडी चलाएर के फाईदा ? भन्ने बित्तिकै उनीहरुले हेल्मेटले हान्न थाले । उनका एक साथीले हात र मुक्काले हान्न थाले ।”
जानकारी अनुसार, हातपात गर्नेहरु महोत्तरीको बगरा गाउँवासी रहेका छन् । सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बुधबार आपसी मेलमिलाप गरी छाडिएको बताइएको छ । चालक पण्डितका अनुसार, युवकका अभिभावकहरुले हार गुहार, रोई कराई गरेपछि माफ गरिएको बताए । अस्पताल परिसरभित्र चारैतर्फ सिसिटिभी क्यामेरा जडान गरिएको छ भने चारैतर्फको सिसिटिभी क्यामेरा सँचालनमा रहेको छ । अस्पताल परिसर सहित विभिन्न वार्डमा जडान गरिएको सिसिटिभी क्यामेराले हरेक गतिविधि कैद गरिरहेको मेसु डा. यादवले बताए ।




आज सम्म जति मेसु भये तर प्रमोद यादव जति strict कोहि भयेनन।