हुलाकी न्यूज, जनकपुरधाम : रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायको १५ बर्षिया किशारी सामुहिक बलात्कारको शिकार बनेकी छिन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा घर भएकी पासवान थर भएकी १५ बर्षिय किशोरीलाई गाउँकै तिन जना युवाहरुको समुहले मंगलवार अपरान्ह सामुहिक रुपमा बलात्कार गरेका हुन् । किशोरी घरबाट दाउरा टिप्न नजिकैको आपको वगैचामा गएको वेला तिन जना युवाहरुले मुख थुनेर बलात्कार गरेका थिए ।
पिडिता किशोरीमाथि भएको बलात्कार पछिको पिडा सहन गर्न नसक्दै रुदै छटपटिरहेको अवस्थामा उनका छिमेकीहरुले घरमा पुर्याएपछि तत्कालै इलाका प्रहरी कार्यालय गरुडालाई खवर गरेको थियो । इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारी आफै घटनास्थलमा पुगेर पिडिता किशारी माथि घटेका घटनामा माथि अनुसन्धान गर्दैछन।



