हुलाकी न्यूज , विराटनगर : नेकपा (एमाले)का १० जना प्रदेश सभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।

बुधबार एमालेका १० जना प्रदेश सभा सदस्यहरूले प्रदेश १ को निर्वाचन कार्यालय विराटनगरमा उपस्थित भएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि आचार्य मुख्यमन्त्री बनेको ६ दिनमै अल्पमतमा परेका हुन्। आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए।

एमाले औपचारिक रूपमा विभाजन भएसँगै निर्वाचन आयोगले २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको छ।

सोहीअनुसार बुधबार एमालेका राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, गणेश काङ्‍वाङ, राजन राई, सावित्रा रेग्मी, सरिता थापा, पदमकुमारी गुरुङ, सुनिता चौधरी, कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका हुन्।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा हाल ९२ सदस्य कायम छन्। यसमध्ये अब एमालेका ४१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.