हुलाकी न्यूज । डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी काठमाडौं सहित मधेशका विभिन्न जिल्लामा मनाइएको छ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहाका अनुसार काठमाडौंसहित मधेशका सबै जिल्लामा गाउँपालिका, नगरपालिका स्तरमा समेत श्रद्धाञ्जलि सभा गरिएको जानकारी दिए । सो अवशरमा सभाका साथै रक्तदान कार्यक्रम तथा विपन्न वर्ग सम्मान कार्यक्रम गरी श्रद्धांजलि सभा मनाएको उनले बताए।
शहीद यादवको सम्झनामा भाद्र १५ गते जनमत पार्टीले मधेशका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी,रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सिन्धुली, उदयपुर लगायत मधेशका सबै जिल्ला सदरमुकामसहित बाहिर पनि श्रद्धाञ्जली सभा गरेको छ।
तात्कालिन मन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बर्दियाको एक कार्यक्रममा कालो झण्डा देखाएको निहुंमा मन्त्रीको इसारामा प्रहरीले तात्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवलाई हिरासतमा राखी चरम यातना दिएको थियो ।
त्यही क्रममा २०७५ भाद्र १५ गते शंकास्पद अवश्थामा उनको मृत्यु भएको थियो ।
जनमत पार्टीले आफना नेता तथा प्रथम स्वराजी बीर मधेशी शहीदको रुपमा प्रत्येक वर्ष श्रद्धा सम्मान स्वरूप मधेशका हरेक जिल्लामा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको छ ।*कार्यक्रमको फोटो अपडेट जारी……(फोटो फिचर )






