हुलाकी न्यूज, रुपन्देही : डा. सी के राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीले मधेश स्वराज आन्दोलनका प्रथम शहिद राम मनोहर यादवको चौथो स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको छ ।
आज मझगांवामा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा शहीदको पूण्य स्मृतिमा रक्तदान कार्यक्रम र विपन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम समेत संयुक्त रुपमा आयोजना गरेको थियो ।
रक्तदान कार्यकमको लागी बिनोद पासवानले संयोजन गरेका थिए भने रगत संकलन कार्यमा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका प्रतिनिधी हरि सापकोटाले विशेष सहयोग गरेका थिए । सो कार्यक्रममा २३ जना रक्तदाता बाट २३ युनिट रगत संकलन गरिएको थियो ।
त्यस्तै, श्रद्धाञ्जली सभामा जिल्लाका विभिन्न ग्रामिण क्षेत्रका ५ जना विपन्न वर्गका व्यक्तिलाई जनमत पार्टीको समाज कल्याण बिभागका केन्द्रिय सचिव चन्द्रशेखर सोनारले कम्बल ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रामविष्णु सिंह लोध, प्रमुख अतिथी एवं पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादव, विशिष्ठ अतिथी एवं केन्द्रिय सदस्य रामकेश गुप्ता, निर्मला हरिजन लगायतले आफ्नो मन्तब्य राखेका थिए ।
तात्कालिन मन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बर्दियाको एक कार्यक्रममा कालो झण्डा देखाएको निहुंमा मन्त्रीको इसारामा प्रहरीले तात्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवलाई हिरासतमा राखी चरम यातना दिएको थियो ।
त्यही क्रममा २०७५ भाद्र १५ गते शंकास्पद अवश्थामा उनको मृत्यु भएको थियो ।
जनमत पार्टीले आफना नेता तथा प्रथम स्वराजी बीर मधेशी शहीदको रुपमा प्रत्येक वर्ष श्रद्धा सम्मान स्वरूप मधेशका हरेक जिल्लामा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको छ ।