हुलाकी न्यूज, जनकपुरधाम : गत भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा सोहि वडाका वडाध्यक्षले श्यामकुमार यादवले बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएएकी छन् ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ । घरमा कोहि नभएको र आफु सुतिरहेको अवस्थामा घरमा पसी शरीरको संबेदनशिल अंगहरुमा हातपात गरि बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् । आफु जोडले चिच्याउँदा छिमेकहरु आएपछि वडाध्यक्ष भागेको ती महिलाको आरोप रहेको  छ ।

वडाध्यक्ष यादवछिमेक रहेकाले यसअघि पनि उनले पटकपटक आफु माथि र्दुव्यवहार गरेको पीडित महिलाको गुनासो छ । फरार भएको वडाध्यक्ष यादव घटनाको दिनदेखि नै सम्पर्क विहीन रहेको गाउँलेहरुले बताएका छन् ।आइतवार पीडित महिलाले वडाध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दर्ता गराएकी छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.