रंजन भण्डारी, जलेश्वर, १५ मंसिर । नागरिक समाज संजाल महोत्तरीले बिहानको समयमा आन्दोलनका कार्यक्रमहरु नगरिदिन आन्दोलनरत पक्षसँग अपिल गरेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संजालले बिहानको समय विद्यार्थीको विद्यालय जाने समय भएकोले सो समयमा टायर बाल्नेलगायतका गतिविधि नगर्न अपिल गरेको हो ।

लामो आन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको जनगुनासो बढेपछि मधेशी मोर्चा र आन्दोलनमा रहेका सबै पक्षले बिहानको समयमा कक्षा सञ्चालन गर्न दिने निर्णय लिएको थियो । मोर्चाको निर्णयपछि बिहान विद्यालय सञ्चालन भएपनि विद्यार्थीको विद्यालय आउने जाने समयमा टायर बाल्ने जस्ता गतिविधिका कारण उनीहरुको बालमस्तिष्कमा नकारात्मक प्रभाव पर्नेगरको भन्दै नागरिक समाजले विद्यालय आउनेजाने समयमा आन्दोलन नगर्न आग्रह गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.