हुलाकी न्यूज, १४ मंसिर । मधेशी मोर्चाले ठूला दलले आफूहरूलाई वार्तामा बोलाएर जिस्क्याउने काम मात्र गरेको आरोप लगाएको छ । मोरङको विराटनगरमा सोमवार बसेको मोर्चाको बैठकपछि नेताहरूले ठूला दलले बिना तयारी आफूहरूलाई वार्तामा बोलाएर जिस्क्याएको आरोप लगाएका हुन् ।

सरकारले सोमवारको वार्ता भारतलाई देखाउनका लागि मात्र गरेको पनि मोर्चाले आरोप लगाएको छ । परराष्ट्रमन्त्री कमल थापा भारत जान लागेकाले वार्ताको नाटक गरिएको पनि मोर्चाको दाबी छ ।

मधेशी मोर्चाले आन्दोलन जारी राख्ने निर्णयसमेत गरेको छ । आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउने पनि मोर्चाले जनाएको छ ।

यसैबीच, मोर्चाले विराटनगरको रानी भन्सार नाका पनि ठप्प पार्ने तयारी गरेको छ ।

सोमवार काठमाडौंमा त्रिपक्षीय वार्ता चलिरहँदा मोर्चाका अन्य नेताहरू अबको रणनीति बनाउन विराटनगरमा छलफल थालेका थिए ।

बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवका साथै जिल्लास्तरीय नेताहरू सहभागी थिए ।

1 COMMENT

  1. Yo pahilo choti jiskyayko ho ra? Ajhai jadai garnus bartama netajyu haru………….abb ta ati nai bhaisakyo…………….afno laz ko matlab nabhay kam se kam Madheshi janata ko ta swabhiman najhukaunus……………Yadi yati garna saknuhunna bhane Madheshi janata ko Neta/leader nahunus. ………..Ja Madhesh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.