हुलाकी न्यूज, जनकपुरधाम :छोरा हत्या अभियोगमा पूर्वपक्षका केहिदिन अघि जेल चलान भएकी महोत्तरीकी एक महिलाले छोरालाई जन्मदिएकी छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनीले कारागारमै छोराको जन्म दिएकी हुन् ।
रागनीले आइतबार छोरालाई जन्म दिएको जलेश्वर कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए ।सौतेनी आमा रागनीले पाँच वर्षीय छोरा रितेश यादवको साउन १४ गते दिउँसो हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जलेश्वर कारागार पठाएको थियो ।



