हुलाकी  न्यू्ज, मलेशिया । “परदेशमा मधेशीको साथी” भनेर चिनिएको गैर आवासीय मधेशी संघ (NRMA) मलेसिया शाखाले विभिन्न कारणवश जेल जीवन बिताईरहेका ९ जना व्यक्तिलाई विशेष पहल गरि आममाफी दिलाई जेलबाट मुक्त गराएका छन्।

जेलबाट मुक्त भई यीनीहरूलाई अगस्त २६ र २७ तारिखमा स्वदेश फिर्ता पठाइएको हो ।

२६ अगस्तमा फिर्ता आउनेमा –
१. नसरिल मोमिन – महोतरी
२. इन्द्रजीत चौधरी – सिरहा
त्यस्तै २७ अगस्तमा फिर्ता आउनेमा –
१. सुरेन्द्र कुमार साह – सप्तरी
२. सुनील कुमार दास – सप्तरी
३. देवेन्द्र पंडित – सप्तरी
४. बिनोद दास थारु – उदयपुर
५. बासुदेव पंडित – सर्लाही
६. सिकिन्द्र महरा – रौतहट
७. परमेश्वर साह – सप्तरी   रहेका छन ।

फिर्ता भएका सबैलाई वैदेशिक रोजगार बिभागले काठमाडौंको होटलमा क्वारेन्टाइनको ब्यवस्था मिलाई दिएको एनआरएमएका सह- मिडिया कोर्डिनेटर प्रमोद साहले जानकारी दिए ।

ती सबैलाई जेलबाट मुक्त गराई फिर्ता पठाउने कार्यमा सहयोग गर्नुहुने एनआरएमए मलेसियाका अध्यक्ष सिकिन्दर यादव सहित सम्पूर्ण पदाधिकारीहरु, दिपक गुप्ता, राज मुखिया लगायत स्थानीय निकाय तथा दूतावासका सहयोगी सम्पूर्णलाई एनआरएमए का केन्द्रिय अध्यक्ष ई. शम्भुनाथ साहले धन्यवाद दिएका छन ।
बिदेशमा समेेत जनमत पार्टीको भातृ संगठनको रुपमा गैर आवाशिय मधेशी संघ ले संगठन बिस्तार गर्दै आइरहेको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.