हुलाकी न्यूज, १४ मंसिर । सत्तारूढ दल, प्रमुख प्रतिपक्ष र मधेशी मोर्चाबीच सोमवार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा मधेशी मोर्चाका एजेण्डाबारे सामान्य छलफल मात्र हुन सक्यो ।
अर्को वार्ताको मिति मंसिर १६ गतेका लागि तोकिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दका कारण जनताले धेरै दुःख पाइरहेको भन्दै लचक हुन मोर्चाका नेताहरूलाई आग्रह गरेका थिए ।
बैठकमा एमालेका वरिष्ठ नेता मानवकुमार नेपालले मुख्य विवादित विषय सीमाङ्कनलाई थाँती राखी अन्य विषयमा सहमति जुटाएर अघि बढ्न सकिने सुझाव दिए ।
बैठकमा मधेशी मोर्चाका नेताहरूले ठूला तीन दलले आफूहरूका मागप्रति अझै पनि आधिकारिक धारणा ल्याउन नसकेकोप्रति आपत्ति जनाएका थिए । मधेशमा दमन गरी वार्ताको वातावरण बिगार्ने काम नगर्न पनि उनीहरूले सरकारलाई चेतावनी दिएका थिए ।
बैठकमा मोर्चाका नेताले ११ बुँदे मागपत्र बैठकमा उपस्थित सबै नेतालाई बाँडेका थिए ।
वार्तामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल सहभागी थिए । त्यस्तै, सत्तारुढ दलबाट प्रधानमन्त्री ओलीका साथै एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत सहभागी थिए ।
त्यस्तै, मधेशी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए ।
सोमवारको बैठकमा तीनवटै पक्ष लचक देखिएका थिए । अर्कोतर्फ मधेशी मोर्चाका अन्य नेताहरू विराटनगरमा मोर्चाको अबको रणनीति बनाउन छलफलमा व्यस्त छन् ।




KP oli madeshi birodhi ho sabai lai thaha 6 .sahaj rup ma madesi haru le adhikar paun sakdainan.Madeshi neta haru lay aafno swarup pariwertan gernu perd6.