हुलाकी न्यूज ,जनकपुरधाम : निरन्तन अब्रिरल वर्षाका कारण प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ ।

बिहान अब्रिरल वर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो ।एक्कासी आज बिहान ठुल र पुरानो बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको छ । मन्त्री साहको निवास नजिकैको रुख खसेको हो।

मन्त्रीका स्वीकय सचिव नवनीत झाका अनुसार ‘हामी बाहिर बसिरहेका थियौं । एक्कासी भूकम्प आए झैं  ५० फिटको रुख रुख ढल्यो’  भएको पर्खाललाई भत्काएको छ संगै विद्युतका पोल खसाएको छ भने जनकपुर चुरोट कारखानाको भवनभित्र प्रदेश सरकारले मन्त्रालय बनाएको छ भने निवास पनि यहींभित्र बनाएको छ । मन्त्रालय र निवास यहीं राखिएपछि यहाँको नाम मधेश भवन राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.