हुलाकी न्यूज, १४ मंसिर । पर्साको वीरगञ्जमा सोमवार छात्रछात्राले मानव साङ्लो बनाएका छन् । मानव साङ्लोमा सहभागी विद्यार्थीहरूले मधेशीमाथिको दमन बन्द गर, मधेशका माग सम्बोधन गर, पढ्न पाउने अधिकार सुरक्षित गर, बालबालिकाको हत्या बन्द गरलगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

पढ्न पाउनुपर्ने अधिकार सुरक्षितताको माग गर्दै विद्यार्थीहरूले वीरगञ्जदेखि परवानीपुरसम्म मानव साङ्लो बनाएर सरकारलाई दबाब दिएका हुन् ।

आन्दोलनको करिब चार महिना हुन लाग्दासमेत मधेशका मागप्रति सरकार र ठूला दल गम्भीर नभएकाले दबाब दिन मानव साङ्लो प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।

उनीहरूले बन्द–हड्तालका कारण आफूहरूको पठनपाठन अवरुद्ध भएको भन्दै सरोकारवालाहरूलाई भयरहित वातावरणमा पढ्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका थिए । साङ्लोमा वीरगञ्ज र आसपासका विद्यालयका हजारौं विद्यार्थी सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.