हुलाकी न्यूज ,जनकपुरधाम : जनकपुरकी एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
एसीडलाई मुख्यमन्त्र लालबाबु राउतले ‘९’ माहिना पश्चात पाँचलाखको चेक हस्तान्तरण गरेका छन् ।बिभिन् व्यापक आलोचना पश्चात मुख्यमन्त्री राउतले पीडित साहलाई आर्थिक सहयोग गरेका छन्।
श्रीमान बाट सम्बन्ध खराब भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ माईतमा रहेको बेला आरतीलाई ऊनका श्रीमान संजिवले एसिड प्रहार गरेका थिए । एसीड आक्रमणबाट घाइते भएकी आरतीको बायाँ आँखा र कान गुमेको छ भने आधा अनुहार, शरीर र हात जलेका हुन् ।
एसीड पीडितलाई घटना लगतै अस्पताल पुगेर आर्थिक सहयोग उपलब्ध गराउने मुख्यमन्त्रीले भने आरतीलाई निकै मुख्यमन्त्री कार्यालय दौडधुप गराएर उक्त आर्थिक सहयोग गरेका छन् ।



