हुलाकी न्यूज, कलैया १४ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न बार एशोसिएशन बाराले माग गरेको छ ।
बारा प्रहरीले गठबन्धनका ४ जना कार्यकर्ताहरुलाई पक्राउ गरेकोप्रति ध्यानाकषर्ण गर्दै बार एशोसिएशनले तत्काल रिहा गर्न माग गरेको हो ।
मंसिर ८ गते बारा जिल्ला महागढीमाई नगरपालिका बरियारपुर वडा नं. १ धर्मशालामा गठबन्धन बाराका अगुवा कार्यकर्ताहरु वृजेश सिंह, बिनोद सर्राफ, सदाम अंसारी, राज साहलाई गठबन्धनका कार्यकर्ताहरुसंग छलफल गरी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका चारै जनामाथि हातहथियार मुद्दामा प्रशासनले फसाउन खोजेको आरोप बार एशोसियसन बाराले लगाउँदै घटना बारे विस्तृत अध्ययन गरेको जनाएको छ ।
एशोसिएसन बाराका अध्यक्ष रामचन्द्र सिंहको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । बैठकमा एशोसिएशनका उपाध्यक्ष संतोष गुप्ता, सचिव महमद रफीक मियाँ, कोषाध्यक्ष दिनेश महतो, कार्यसमिती सदस्यहरु देवबहादुर चौधरी, प्रेमलाल चौधरी, निलेश घिमिरे, अर्जुन श्रेष्ठ, बिनोद साह, चन्द्रिका यादव, त्रियोधन चौधरी,पार्सदहरु एकरामुल हक, योगेन्द्र धानुक, आमन्त्रीत अधिवक्ताहरु परमहंस केसरी, अरुण दुवे, ठाकुर यादव, जोगिन्द्र मण्डल, प्रभात चन्द दाहालको सहभागिता रहेको थियो ।
एशोसिएसनको मानव अधिकार सेलका संयोजक अधिवक्ता परमहंस केसरी र सदस्य अधिवक्ता प्रभातचन्द्र दहालको टोलीले सो घटनाको अनुगमन एवं सम्बन्धित निकायसंग बुझि प्रतिवेदन सार्वजनिक गर्दा प्रतिशोधको भावनाले डा.सीके राउतका चार जना कार्यकर्तालाई हातहतियार मुद्दामा फसाउने षड्यन्त्र प्रशासनले गरेकोप्रति बारको गम्भीर ध्यानाकर्षण भएको बैठकले निश्कर्ष निकालेको थियो ।




वाइयात समाचार