हुलाकी न्यूज , काठमाडौं : नेकपा माओवादी केन्द्रले विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेका छन् ।

सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका नेता कृष्ण बहादुर महरालाई पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ ।

उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यता, यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ भने, संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् ।

यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.