हुलाकी न्यूज,जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरु निर्देशन दिनु भएको छ ।
प्रदेशको सुरक्षा व्यवस्था व्यवस्था बारे जानकारी लिने उदेश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको छ ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाहरु बारे व्रिफिङ्ग गर्नुका साथै अगामी योजना बारे समेत जानकारी गराएका थिए ।
बैठकमा प्रमृुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरुका साथै प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सि.पी.गौतम , धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला , नेपाली सेनाकाका नि. बाहिनीपति महासेनानी पूर्ण प्रसाद ढकाल सहितको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.