हुलाकी न्यूज,जनकपुरधाम : नेपाल भारतको सीमामा खटिएका दुबै देशका सुरक्षाकर्मीले एक आपसमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाएको छ।नेपालकी बहिनीहरुले भारतीय जवानलाई राखी बाँधेकी थिइन भने भारतकी बहिनीहरुले नेपाली सुरक्षाकर्मीहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएका छन् ।
गत आइतबार जनैपूणिर्मा तथा रक्षाबन्धनको अवसरमा नेपालको तर्फबाट सशस्त्र सीमा बलका प्रहरी र भारतबाट खटेका एसएसबी जवानहरुले एक अर्कालाई मिठाइँ खवाएर राखी बाँधेका छन् ।
जयनगर महिला विकास मञचले सिरहा जिल्ला स्थित दशगजा पारी भारत बिहार राज्यको मधुवनी जिल्ला स्थित जयनगरमा रक्षाबन्धन कार्यक्रम आयोजन गरेको थियो भने दुवै देशका चेलीहरुले एक अर्का देशका पुरुष सुरक्षाकर्मीलाई राखी बाँधेका थिए ।