हुलाकी न्यूज,जनकपुरधाम :  जनकपुरधाममा व्यापारीहरुलाई थर्काएर लाखौ असुली गरिएको छ । जनकपुरधामको जानकी मन्दिर दक्षिण छेउका व्यापारीहरुलाई थर्काएर लाखौ असुली गरिरहेका छ ।  जनकपुरधामको जनकचौकमा रक्सी पसल थालेका आफुलाई ठेकेदारको मान्छे बताउदै दिपक यादवले जानकी मन्दिर दक्षिण तर्फ राहेका फलफुल सहितका सरसमान बेचिरहेका स्टल व्यापारीहरुसंग प्रतिस्टल पाँच हजारको दरले असुल गरेका आरोप रहेको छ ।

ग्राहकको भिडभाड रहेको बेला गुण्डाशैलीमा आएर पाँच हजार दिनै पर्ने नभए पसल तुरन्त बन्द गर्न भनेपनि हुनेहरुले पैसा दिएको बताइएको छ । करिव २२ जना व्यापारीसंग दिपकले गुण्डाशैलीमा पैसा असुलेर गएको पसले तथा प्रत्यक्षदर्शीहरुले बताएका छन् भने  व्यापारीहरुबाट चर्को पैसा असुले पछि उनीहरु आक्रोसित भएको देखिन्छ ।

उनीहरुले आफुहरु मेयर उपमेयरलाई सम्पर्क गर्दा आज रक्षा बन्धनको बिदा रहेको भन्दै कुरालाई टारेको बताउछन् । पैसा लिएर बिल नै नदिई दिपक टाप भएको उनीहरुको भनाई रहेको छ । यद्यपि दिपकले भने पाँच हजार दिएको प्रमाण देखाउन व्यापारीहरुलाई चुनौती दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.