हुलाकी न्यूज,जनकपुरधाम : वर्षेनी करोडौं रुपैयाँँ आसेपासेलाई गैरकानुनी रुपमा बाँड्ने प्रदेश २ सरकारले वर्षेनी मनपरी करोडौंको सवारीसाधन खरिद गर्ने गरेको पनि खुलेको छ । मनपरी करोडौंको सवारीसाधान खरिद गरी राज्यकोषको ढुकुटी दुरुपयोग गर्ने कार्यमा प्रदेश २ सरकार सक्रिय रहेको पाइएको छ ।

महालेखा परिक्षले शुक्रबार सार्वजनिक गरेको आफनो वार्षिक प्रतिवेदनमा सरकारले सवारी साधन खरिदमा खर्च गरिने रकम घटाउन भनेको छ। रहेक वर्ष महालेखाले यस्तो निर्देशन दिने गरेपछि प्रदेश २ सरकारले भने त्यसको टेर गर्दै महगा चिल्ला गाडी खरिदलाई निरन्तरता दिएको छ ।

महालेखाको प्रतिवदेनमा प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, नीति आयोग तथा मुख्य न्यायाधिवक्ताको कार्यालयले गत वर्ष ३५ सवारी साधन तथा मोटरसाईकल खरिद गरी २८ करोड ९८ लाख २५ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

जसमा आर्थिक वर्ष २०७७।०७८ मा मात्र प्रदेश सभा सचिवालयले १३, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ र मुख्य न्यायाधिवक्ताको कार्यालयले १ समेत १५ सवारी साधन खरिद गरी ९ करोड ६० लाख ८५ हजार रुपैयाँ खर्चेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.