हुलाकी न्यूज, १३ मंसिर । गृहमन्त्री शक्ति बस्नेतले राजमार्ग निर्वाध रूपमा सञ्चानमा ल्याउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बलको बराहा बाहिनी मुख्यालयमा आइतवार भएको क्षेत्रीय सुरक्षा गोष्ठीपछि गृहमन्त्री बस्नेतले स्टर्टिङका साथै गस्ती बढाएर भए पनि राजमार्ग खुलाउन निर्देशन दिएका हुन् ।

गोष्ठीमा पूर्वी नेपालका सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा अवस्थाबारे मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।

गोष्ठीमा गृहसचिव नारायणगोपाल मलेगु, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, सेनाका पूर्वीपृतनापति हरिबहादुर बस्नेतलगायतको सहभागिता थियो । पूर्वी नेपालको भावी सुरक्षा रणनीति तयार गर्न क्षेत्रीय सुरक्षा गोष्ठी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.