हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघले उद्योगी व्यवसायीहरुलाई कोरोना विरुद्वको खोप अभियान सञ्चालन गरेका छन्।

जनकपुरधाम उद्योग बाणिज्य संघको भवनमा मंगलवार र बुधवार गरि दुई दिनको लागि सञ्चालन गरिएको पहिलो चरणको खोप अभियानमा व्यवसायीहरुले खोल लगाइरहेका हुन्।

यसै संगै धनुषाको जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा जनकपुरधाम उधोग वणिज्य संघले आफनो पहलमा खोप कार्यक्रम सन्चालनमा ल्याएपछि व्यवासायीहरुलाई केहि राहत भएको छ भने अतिरिक्त खोप नभएपनि संघको पदाधिकारीहरुको सक्रियता र मांगका कारण धनुषा जिल्लाबासीहरुको लागि भन्दै जोहो गरेर बाहिरबाट भए पनि ५ हजार डोज खोप उपलब्ध गराइएको बताउनुभयो।

पहिलो चरणमा व्यवसायीहरुको लागी २ हजार डोज भ्याक्सिन उपल्ब्ध गराईएको जनस्वास्थय कार्यालयका सुरेश यादवले बताएका छन् ।

व्यपारीहरु जनताको सेवामा रहनाले समेत संक्रमित हुने सम्भावना धेरै भएकाले व्यापरी सुरक्षित भए ग्राहक पनि सुरक्षित हुनेहुँदा अभियान चलाईएको र कोरोनाबाट सुरक्षित रहने एकमात्र उपाय खोप रहेकाले सबैलाई खोपका आवयश्कता छ भने व्यवसायीहरुलाई समेत लक्षित गर्दै खोप अभियान चलाइएको संघका अध्यक्ष जितेन्द्र महासेठले बताउनु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.