हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला युवा सञ्जाल धनुषा द्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवशर पारेर जनकपुरधाम वार्ड नम्बर ८ की लाडली खातुनको घरमै गएर साइकल हस्तान्तरण गरिएको छ ।
भारतको सितामढी बाट आएर बिगत ४५ बर्ष देखी बस्दै आएका मो. आलम भाडामा बस्दै आएका छन र सानो तिनो व्यापार गरेर परिवार चलाउदै आएका छन ३ छोरा र १ छोरी छन छोरी लाडली खातुन ९ कक्षा मा पढ्दैछिन।
श्रावन ३१ गते १५ अगस्त भारतको स्वतन्त्रता दिवसको प्रदेश नम्बर २ सरकार बाट आयोजित मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान तहत जनकपुरधाम को श्री जानकी मावि जनकपुरधाम विद्यालयले पाएको ३२ वटा साइकल कक्षा ९ की छात्राहरुलाई वितरण गरिएको वडा अध्यक्ष परमेश्वर साहले बताउनुभयो।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख उपप्रमुख सहितको समेत उपस्थिती रहेको कार्यक्रममा एकजना छात्रा साइकल नपाएपछि खुबै रोइन । उनका अनुसार उनलाई भारतिय रहेको र उनीसंग जन्मदर्ता नरहेकाले साइकल प्रदान गरिएन । विद्यालयका शिक्षकले समेत साइकल नपाएकी छात्रा खातुन नियमित विद्यालय आउने जेहनदार रहेकाले साइकल दिनुपर्ने बताउछिन् । विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले यस विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहस भएको जानकारी गराए तर लाडली खातुनलाइ भारतिय चेली भएकै कारण साइकल दिएन।
खातुन आफु नियमित विद्यालय आउने विद्यार्थी रहेकाले आफुलाई पनी साइकल पाउनु पर्ने भनी आफ्नो पिडा मिडियामा राख्यो र लाडलीको रुदै गरेको भिडियो समाजीक सञ्जाल मा भाइरल भएका थिए । समाचार बाहिर आएपछी जिल्ला युवा सञ्जाल,धनुषा को पहलमा र अस्ट्रेलियाको सिडनी निवासी नेपाली मुलका रंजीत साहको सहयोगमा एक थान साइकल, स्टेसनरी को समान र भविष्य मा अझै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै खातुनलाई हस्तान्तरण गरियो ।
सञ्जाल का महासचिव कुलदिप साह ले जानकारी गराए। उनका अनुसार भारतको आधार कार्डको आधारमा विद्यालयमा भर्ना गर्न मिल्ने, पढाउन मिल्ने अनि वर्षौ वर्ष देखि विद्यालय आउने गरेकी बालिकालाई सुविधा दिन किन नमिल्ने ? उनको मनोबिज्ञानमा के असर पर्छ ?मुख्यमन्त्री संग प्रश्न गरेका छन । प्रत्येक साल भारत सरकार बाट करौडौ को आर्थिक सहयोग लिने जाबो एउटा बिधार्थीलाइ साइकल पनी बितरन गर्न नसक्नु दुखद हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.