हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणले आज बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको बताउनुभएको छ।मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्।
उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए। प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बिपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री रहेका थिए।