राम नारायण पंडित, सिरहा, १३ मंसिर । संयुक्त मधेशी मोर्चा सिरहाले नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई झनै सशक्त बनाउने निर्णय गरेको छ । सिरहाको गोलबजारमा शनिबार भएको संयुक्त मधेशी मोर्चाको बृहत अन्तरक्रिया कार्यक्रमले सरकार अझै मधेशीको मागप्रति संवेदनशिल नभएको निष्कर्ष निकाल्दै आन्दोलन झनै सशक्त बनाउने निर्णय लिएको हो ।

मधेश आन्दोलनलाई थप सशक्त एवं परिणाममुखी बनाउन जिल्लामा छिटफुट रुपमा रहेको आन्दोलनको एकीकृत गरी एकै ठाउमा संचालन गर्न गठन भएको संयुक्त मधेशी मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

मंसिर १३ गते आईतबार लहानको पशुपति उमाबिबाट मोटरसाइकल जुलुस निकाल्ने मोर्चाले जनाएको छ । जुलुस लहानबाट सुरु भई मिर्चैया, कल्याणपुर हुँदै सिरहा पुगी कोणसभामा परिणत हुने मोर्चाले बताएको छ । त्यस्तै, मंसिर १५ गते लहान, १६ गते सोनबर्षा, १७ गते सिरहाको हेमनारायण चौक, १८ गते सुखिपुर बजार, १९ गते मिर्चैया र २० गते कल्याणपुरमा बिरोधसभा गर्ने तयारी गरिएको पनि मोर्चाले जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय कोषाध्यक्ष बिजय यादवको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा तमलोपाका केन्द्रिय सदस्य सुरेश मंडल, तमसपाका महासचिब राम कुमार मंडल, फोरम गणतान्त्रिकका मो. मुस्ताक र नयाँ शक्तिको अभियन्ता राम रिझन यादवको साथै जिल्लामा सक्रिय रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, पेशाकर्मी, न्यायपे्रमीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.