हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा पालिका स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ ।
आइतबार जनमत पार्टी कोटहीमाई गाउँपालिका उपाध्यक्ष सबिना खातुनको अध्यक्षतामा भएको कार्यक्रमजनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव प्रमुख अतिथिमा युवा र महिला जनमत संघ पालिका स्तरीय गठन गरिएको छ ।
युवा जनमत संघ कोटहीमाई गाउँपालिकाको अध्यक्षमा दिपक यादवलाई सर्वसहमतिले चयन गरेको छ । सो कार्यसमितिमा गाउँपालिकाका ४१ जना युवाहरु रहेको छ ।त्यसैगरी सोहि गाउँपालिकामा महिला जनमत संघ पनि गठन गरिएको छ ।३१ सदस्यीय महिला जनमत संघको अध्यक्षमा सुमित्रा लोधलाई चयन गरेकी छिन् ।
सो युवा र महिला जनमत संघ गठन समारोहमा समाज कल्याण विभागको केन्द्रीय सचिव चन्द्र शेखर सोनार ,मधेस नेतृत्व पुञ्जको केन्द्रीय सदस्य बिरेन्द्र धवल , पार्टी जिल्ला अध्यक्ष राम विष्णु सिंह लोध , जिल्ला सचिव कृष्ण कोहार , इन्जिनियर जनमत संघको जिल्ला संयोजक अमर नाथ यादव , युवा जनमत संघको जिल्ला संयोजक मोहम्मद उमर दर्जीसहितका नेता कार्यकर्ताहरुको उपस्थितिसमेत रहेको थियो ।