उपेन्द्र महतो
अहिले मधेशमा आन्दोलनको कारण मुख्यतः बिगतमा काँग्रेस, एमाले, माओवादीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरेको सम्झौता बिपरीत संबिधान निर्माण र संघीयताको सिमाकन नै हो । अहिलेको संबिधान अन्तरीम संबिधानभन्दा पनि पछाडिी जानु हो ।
अन्तरीम संबिधानमा पाएको अधिकारजस्तै जनसंख्याको आधारमा पाएको निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व र नागरिक्ताको अधिकार पनि खोस्नु हो ।
अब बन्ने राज्यसभामा ८ / ८ वटा प्रतिनिधित्व गर्ने भनिएको छ । जसअनुसार ५ लाखमा पनि ८ सिट, ५० लाख जनसंख्या भएको प्रान्तमा पनि ८ राख्नु हो ।
यस संबिधानमा मधेशी आदिवासी जनजाती, मुस्लिम, दलित, थारूलगायतको माथि उल्लेखित अधिकार सुरक्षित नभएको भनेर तीन महिनाभन्दा बढीदेखी संबिधानको बिरूद्ध मधेशमा आन्दोलन भईरहेको छ । गजबको कुरा के छ भने हालको आन्दोलनमा समर्थन जनाउँदै वकीलहरूदेखी शिक्षक, डाक्टर, ईन्जिनियर, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, बिभिन्न पेसागत संघ संगठनहरू, बिभिन्न जातीय संघ संगठनहरू, बिध्यार्थी, यूवा, किसान, बुद्धिजीवीलगायतले प्रदर्शन गरिरहेका छन् ।
त्यती मात्र हैन एमाले, काँग्रेस, एमाओवादी, फोरम लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरू पार्टी नै परित्याग गरि आन्दोलनको पक्ष र बिभेदकारी संबिधानको बिरोधमा प्रदर्शन गरिरहेका छन् । मधेशमा रहेका गैरमधेशीहरू पनि आन्दोलनमा एक्यबद्धता जनाउँदैछन् ।
बिगतको सरकारले संसदमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समावेशी समानुपातिक प्रतिनिधित्व सम्बन्धी संबिधान संसोधन बिधेयक दर्ता गराउनुले पनि हालको संबिधान त्रुटिपूर्ण, अन्तरिम संबिधानमा पाएको अधिकार पनि खोसेको र बिभेदकारी रहेको पुष्टि गर्छ ।
तर पनि एमाले, काँग्रेस, एमाओवादी, खस आर्यका प्रवक्ता मिडिया र तिनका अम्चा चम्चा र बेल्चाहरूले मधेशी, आदिवासी जनजाती, मुस्लिम, दलित, थारूलगायतले संबिधान नै बुझेन भनेर भन्दैछ । आफ्नै पार्टीका नेता कार्यकर्तालाई सम्झाउँन नसक्दा एमाले, काँग्रेस, एमाओवादी, फोरम लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरू भटाभट पार्टी परित्याग गरि आन्दोलनको पक्ष र बिभेदकारी संबिधानको बिरोधमा प्रदर्शन गरिरहेका छन् ।
आठ कक्षा पढेका ओली भाई एमबीबीएसले पनि मधेशीले संबिधान बुझेन भन्नु मधेशी वकील, शिक्षक, डाक्टर, ईन्जिनियरलगायतले पढेको डिग्री, शहिद, सम्पूर्ण आन्दोलनकारी र त्यसका समर्थकहरूको पनि अपमान हो ।
लेखक : सदभावना पार्टीका केन्द्रीय सदस्य तथा यूवा नेता हुन् ।




बिडम्बना यो छ कि देश बिरामी छ तर doctor ओली पर्यो आठ पासे. देशलाइ मार्छ भन्ने पिर ओली mbbs ले.
के गर्ने उपेन्द्र जी तपाई हामी जस्ता मानिसले यस्तो सहि कुरा गर्ने बित्तिक्कै भारतीय दलाल, बिहारी ,धोति जस्ता उपाधि त पाई नै हाल्छौ .अब त यस्ता उपाधि झन् झन् राम्रो लाग्न थाल्यो .तर एउटा कुरा भन्ने मन लाग्यो कि अब यो ओली भाई एमबिबिएसको सुर्यको अस्ताउने दिन आईनै सकेको छ र मधेशमा अब एउटा नया सुर्य उदाउने छ .संसारको शक्तिले अब रोकेर रोक्न सकिंदैन .