हुलाकी न्यूज ,जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले बाँकेमा विद्यार्थी जनमत संघ गठन गरिएको छ ।
शनिबार जनमत पार्टी बाँकेले आयोजन गरिएको एक कार्यक्रम विच विद्यार्थी जनमत संघ गठन गरिएको हो ।
विष्णु कुमार तमोलीको नेतृत्वमा ४१ सदस्यीय विद्यार्थी जनमत संघ बाँके गठन गरेका हुन ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ ।
नव प्रवेशीहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य विष्णु प्रसाद यादवले पार्टीका सदस्ता वितरण गरेर पार्टी प्रवेश गराएका हुन ।
जनमत पार्टी बाँकेका अध्यक्ष पहलादको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य बिष्णु प्रसाद यादव,विशिष्ट अतिथि अल्पसंख्यक जनमत संघका केन्द्रिय अध्यक्ष हरपाल सिंह सोडी रहेको थिए।
त्यसैगरी पार्टीका जिल्ला उपाध्यक्ष हुसेन शाह,जाबिर हल्वाई ,सचीव राजित राम बर्मा ,सहसचिव रियाज अन्सारीलगाइतका नेता कार्यकर्ताहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएका थिए।