अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १३ मंसिर । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानअन्तर्गत धनुषाको क्षीरेश्वनाथ नगरपालिका महेन्द्रनगरमा पनि ५१ सदस्यीय समिति गठन भएको छ ।
एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा लागेका बिजय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योगेन्द्र पजियारको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा बद्री लामा, समिम खान, जगदिश प्रसाद सिंह, महेश ठाकुर, पुनेश्वर चौधरी, रामचन्द्र यादव, मुरारी घिमिरेलगायत रहेका छन् ।
नयाँ शक्ति निर्माण अभियानले क्षीरेश्वरनाथ नगरपालिकाको सबै गाउहरुँमा पनि समिति गठन गर्न छलफल चलाइरहेको संयोजक पजियारले बताएका छन् ।




Pheri madheshi janata haru Pahadi lai afno Neta banaudai chhan. Arko yeuta galti………….Madheshibhai ho…………….ahile sama path sikiya chhain……….yati huda hudai……………Yadi sachikai afno swabhiman ra Hak Hitko lagi nisthavan chhau bhane ………Kunai pahari lai afno neta Na Banaunus.Jay Madhesh