हुलाकी न्यूज,जनकपुरधाम : नेपाली काँग्रेसको भागमा परेको प्रदेश २ सरकारका दुई मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर खटपट सुरु भएको छ ।

 

काँग्रेसको भागमा परेको भौतिक पूर्वाधार विकासमन्त्रालय र खानेपानी तथा उर्जा विकास मन्त्रालय बीच क्षेत्राधिकारलाई लिएर खटपट सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री काँग्रेस संसदीय दलका नेता रामसरोज यादव छन् भने उनकै पार्टीबाट ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्री छन् ।

काँग्रेस र माओवादीलाई सरकारमा सहभागि गराउन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर तीनवटा मन्त्रालय विस्तार गरेको थियो । जसमध्ये भौतिक पूर्वाधार मन्त्रालयबाट फुटाएर खानेपानी तथा उर्जा विकास मन्त्रालय कायम गरिएको थियो ।अहिले सोहि दुई मन्त्रालयमा क्षेत्राधिकारलाई लिएर लफडा सुरु भएको हो ।

मन्त्री रामसरोज यादवले बल मिचयाई गरी अख्तियार दुरुपयोग गर्दा खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको मातहतमा कायम रहेको जलश्रोत तथा सिंचाई विकास डिभिजनहरू र भूमिगत सिंचाईका कार्यालयहरू आफ्नो मन्त्रालयअन्तर्गत सञ्चालन गरेको भनेर विरोध सुरु भएको हो ।

खानेपानी तथा ऊर्जा विकासमन्त्रीले भने जलश्रोत तथा सिंचाई विकास डिभिजनहरू र भूमिगत सिंचाईका कार्यालयहरू आफ्नै मन्त्रालयअन्तर्गत हुनुपर्ने भन्दै सोहीअनुसार पत्राचार गरेका छन् ।दुबै मन्त्रालयको विवादले विकास निर्माणको कामहरु अन्योलमा पर्ने सम्भावना बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.