हुलाकी न्यूज ,जनकपुरधाम : नेपालसहित विश्वभर मनाइएको ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को अवसरमा कमला युवा संजालले दिप प्रज्वलन गरेको छ।
संजालले धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बजार स्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो ।
सो दिप प्रज्वलन संजालका अध्यक्ष बिमलेश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा संजालको पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको कमला युवा संजालले जानकारी दिएका हुन् ।
उक्त कार्यक्रममा युवाहरुले युवाहरुको समस्याका बारेमा आ – आफ्ना मन्तव्य समेत राखेको थिए ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो।