हुलाकी न्यूज, जनकपुरधाम :प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले विद्युत प्राधिकरणको नियमावली देशको संविधानभान्दा पनि माथि रहेको टिप्पणी गरेका छन् ।

गोटा गन्ती मिटर रिडरले गरेको प्रदेश २ स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रदेशमा काम गर्न प्राधिकरणको नियमावलीको कारण काम गर्न नसकेको बताए ।

‘सोलार उर्जाको २० एमपीएस सम्म स्वीकृत गर्न मात्र पाउँछौं । तर विद्युत प्राधिकरणको नियमावलीमा एक मेगावाट बढीको विद्युत प्रदेश भित्रमा सञ्चालन गर्ने नियम कानुन बनाउनु छ भने हामीले स्वीकृति लिनु पर्छ । यसलाई भनेपछि के बुझ्ने ? ‘ मन्त्री शर्माले भने ‘प्राधिकरणको नियमावलीश्री ५ को सरकार, देउवा सरकारक र ओली सरकार भन्दा पनि ठूलो छ ।’

प्राधिकरणको नियमावलीको अगाडि संविधान वा ऐन ठूलो नभएको उनको टिप्पणी छ । मन्त्री शर्माले विद्युतको नियमावलीको कारण पीडित भएर काम गर्न नसकेको आक्रोश पोखे ।

उनले गोटा गिन्ती मिटर रिडर जस्तै अाफु पनि पीडित भएको प्रतिक्रिया दिए ।

‘तपाइहरुको माग पुरा होस् । तपाईहरु श्रम र कानुनबाट पीडित हुनुहुन्छ । र म प्रदेशको नियम कानुनबाट पीडित छु ।’ उनले भने ।

गोटा गिन्ती मिटर रिडरका प्रदेश २ अध्यक्ष उज्वल झाको अध्यक्षता तथा मन्त्री शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश भरिबाट मिटर रिडरहरुको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.