हुलाकी न्यूज, जनकपुरधाम : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ नियुक्त भएको छ ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको स्रोतले जनाएको छ।
शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ ।
शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने भन्ने गरेका थिए ।
प्राधिकरणमा पुनः घिसिङलाई ल्याउन व्यापक जनदबाब थियो ।