हुलाकी न्यूज, १३ मंसिर । सिरहाको मिर्चैयामा बसबाट करिब ११ हजार लिटर तेल बरामद् भएको छ । पेट्रोल, डिजेल र ग्याँस बोकेर इटहरीबाट काठमाडौं जाँदै गरेको बा.४ ख ३७८८ नम्बर बस मधेशी आन्दोलनकारीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
दुई सय ५० ग्यालेन डिजेल तथा पेट्रोलका साथै ग्याँसको १६ वटा सिलिण्डर पनि बरामद् भएका छन् । तेल र ग्याँस ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा छ ।



