हुलाकी न्यूज, बिराटनगर, १७ भदौ । बिराटनगरमा बिहिबार पनि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । सीमांकनको विरोधमा जारी अनिश्चितकालिन मधेश बन्दका क्रममा बिराटनगरमा दिनहुँ जसो झडपका घटनाहरु भइनै रहेका छन् । बिराटनगरको अवस्था दिनदिनै तनावग्रस्त हुँदै गएको छ ।
बिहिबार पनि बिराटनगरको भट्टीचोकमा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ । बिराटनगरको भट्टीचोकमा भएको झडपमा आन्दोलनकारीले सिसा, ढुङ्गा र पेट्रोल बम प्रहार गरेका छन् । प्रहरीले हिंसात्मक नहुन माईकिङ गरेको थियो । प्रदर्शनकारीको तर्फबाट ढुङ्गामुढा भइनै रहे । भट्टीचोकबाट छ जना प्रदर्शनकारी पक्राउ परेका छन् । झडपको क्रममा प्रहरीले केही राउण्ड अश्रुग्याँस चलाएको छ ।




