हुलाकी न्यूज, रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिका र गैडहवा गाउँपालिकामा आज आयोजित छुट्टा-छुट्टै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
गैंडहवा गाउँपालिका वार्ड नं. ५ मा पार्टीको वडा अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त अधिवेशन द्वारा मुरली प्रसाद कुर्मीको अध्यक्षतामा ११ सदस्यीय वडा समिती गठन गरिएको छ ।
समितीको उपाध्यक्षमा निर्मला हरिजन, संजय यादव, सचिवमा घनश्याम चौधरी (कुर्मी), सहसचिवमा चन्द्रकेश केवट, कोषाध्यक्षमा ओमप्रकाश दुबे तथा सदस्यहरुमा राजेन्द्र नाऊ, जनार्दन यादव, गुलजार अहमद नाऊ, बैजनाथ, तारा कोहार चयन भएका छन ।
कार्यकममा प्रमुख अतिथी एवं जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव तथा विशिष्ट अतिथी एवं केन्द्रीय सदस्य रामकेश गुप्ता, अतिथीहरु सन्तराज कुर्मी, राजेन्द्र मौर्य, रामदेव यादव, निधिलाल अशान्त, संजय यादव, वीरेन्द्र धवल, राघवेन्द्र पटेल, ओमप्रकाश यादव, राधेश्याम केवट लगायत जिल्ला तथा गापा का नेताहरुको उपस्थिती थियो ।
साथै, सोही वडामा पार्टीको जनवर्गीय संगठन निर्माण गर्ने क्रममा चन्द्रभान यादवको अध्यक्षतामा ११ सदस्यीय – युवा जनमत संघ, भारती कोहारको अध्यक्षतामा ११ सदस्यीय – महिला जनमत संघ, महेन्द्र पासीको अध्यक्षतामा ११ सदस्यीय – दलित जनमत संघ र माधव गुप्ताको अध्यक्षतामा ११ सदस्यीय – किसान जनमत संघ गठन गरिएको छ ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि संजय यादवको नेतृत्वमा २ सय भन्दा बढी व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामविष्णु सिंह लोधले जानकारी दिए।
त्यसैगरी, सम्मरीमाई गापा को महदेइयामा रामाशंकर यादवको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा जनता जनमत पार्टीमा प्रवेश गरेका छन।
उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा पार्टीका भ्रष्टाचार निवारण विभाग प्रमुख संजय कुमार मिश्र, विशिष्ट अतिथिमा जिल्ला अध्यक्ष रामविष्णु सिंह लोध,अतिथिहरु जिल्ला सचिव कृष्ण कोहार, लगायत युवा जनमत संघ जिल्ला संयोजक मो. उमर खान, युवा जनमत संघ जि.सचिव रमेश लोध, मुस्लिम जनमत संघका जि. संयोजक अबले रहमत, जिल्ला नेता सुनील यादव तथा स्थानीय नेताहरु रविन्द्र शुक्ला, रामरतन केवट, महिला नेत्री मिना लोध, रामफेर पासी लगायत जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
आजभोली दिनहुं जसो हुने कार्यक्रममा जनमत पार्टीमा प्रवेश गर्नेको लहर बढ्दै गएको पार्टीका जिल्ला सचिव कृष्ण कोहारले जानकारी दिए।



















