हुलाकी न्यूज , जनकपुरधाम : जनकपुरधाम विमान स्थलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई भव्य स्वागत गर्नुभएको छ ।

जनता समाजवादी पार्टीले मधेशका विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा कार्यक्रममा सहभागी हुन आज जनकपुरधाम आउनुभएका अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियालाई नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

स्वागतका लागि प्रदेश २ का पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जसपा साँसद प्रमेश्वर साह,जसपाका केन्द्रीय सदस्य संजय चौधरी ,युवा नेता मनोज साह,प्रमोद यादव लगायतका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए ।

स्वागत गर्न पुगेका नेता कार्यकर्ताहरुले अध्यक्ष ठाकुरको पक्षमा नाराबाजी समेत गरे । ‘अगाडी बढ्नुस्, हामी तपाईको साथमा छौं,’ भन्ने नारा नेता कार्यकर्ताले लगाएका छन् ।

विमानस्थलमा जसपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिएको थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.