हुलाकी न्यूज ,जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा २१ सदस्य महिला जनमत संघ गठन गरिएको छ ।
बुधबार जिल्लाको राजविराज नगरपालिका ९ मा प्रियंका कुमारी सन्तको अध्यक्षतामा भएको एक कार्यक्रमविच २१ सदस्य महिला जनमत संघ सप्तरी जिल्ला कार्यसमिति गठन गरिएको छ ।
उक्त कार्यक्रमबाट महिला जनमत संघ सप्तरीको अध्यक्षमा रुपा कुमारी मेहतालाई चयन गरेको छ।
सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य मगनेश चौधरी, केन्द्रीय सदस्य करियाही देवी सादा , महिला जनमत संघ केन्द्रीय संयोजक शुशिला यादव ,पार्टीका सप्तरी जिल्ला उपाध्यक्ष नायारण यादव ,हरि नारायण यादव ,जिल्ला सचिव खानेश्वर प्रसाद साह ,जिल्ला सहसचिव ऋषिकेश ठाकुर ,शिव नन्दन मेहता ,जिल्ला कोषाध्यक्ष शम्भु साहसहितका नेताहरुको उपस्थितिमा २१ सदस्य महिला जनमत संघ गठन गरेको हो ।