हुलाकी न्यूज, जनकपुरधाम : नागरिकता अधिकारबाट वञ्चित हुनुपरेको भन्दै ऐन संशोधनलगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरिएका हुन्।
६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मको आधारमा नागरिकता पाएका बुबा, आमा र आमाको नामबाट नागरिकता नपाएका नागरिकता बिहीन नेपालीहरुको जीवन निकै अप्ठेरो र असहज भएकाले आफूहरू अनागरिक भएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ रहेको छ ।
‘नागरिकताविहीन नेपालीहरू’ का नामबाट उनीहरूले माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र समेत बुझाएका छन् भने नागरिकता नहुँदा सेवासुविधाबाट समेत वञ्चित भएको उनीहरूको गुनासो छ ।
संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संशोधन गर्न उनीहरूको माग रहेको छ ।



