हुलाकी न्यूज, काठमाडौं १२ मंसिर । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)को भातृ संगठन मधेशी युवा फोरम, नेपाल (लोकतान्त्रिक) ले मधेशमा जारी आन्दोलनका क्रममा मधेशीहरुको कार्यक्रम विथोल्नेहरुमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।
युवा फोरमका उपाध्यक्ष रंजित झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै सुनसरीको इटहरी र सर्लाहीको फुलजोरमा मधेशीहरुको कार्यक्रम विथोलेर साम्प्रदायिक दंगा फैलाउने प्रयास भएको बताए । झाले दंगा फैलाउन खोजिए युवा फोरम चुप लागेर नबस्ने बताउँदै त्यस्ता तत्वहरुमाथि कारवाही गर्ने चेतावनी दिए ।
यता युवा फोरमका अध्यक्ष बेद नारायण गच्छदारले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा मधेशीहरुको कार्यक्रम विथोलिएकोमा भत्र्सना गरेको छ ।
विज्ञप्तिमा साम्प्रदायिक दंगा भड्काउनेलाई कारवाहीको माग गर्दै आन्दोलनकारी पक्षको माग पुरा गर्न आग्रह गरिएको छ । साथै भारतीय दुतावासको गाडी जलाइएको प्रति भत्र्सना गरिएको छ ।
हाल युवा फोरम लोकतान्त्रिकको मातृ पार्टी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) सरकारमा रहेको छ ।




Like it