हुलाकी न्यूज, वीरगंज, १२ मंसिर । शनिबार वीरगंजमा नेपाली कांग्रेसले गर्ने भनेको पूर्व घोषित कार्यक्रम आन्दोलनकारीहरुले बिथोलेका छन् । पार्टीको झण्डा बोकेर जुलुस निकाल्ने र कोणसभा गर्ने तयारी रहेको भएपनि संघीय समावेशी मधेशी गठबन्धन र मधेशी युवा मोर्चाले कार्यक्रम बिथोलेको छ ।

उनीहरुले कांग्रेसले नै मधेशविरोधी संविधान जारी गरेको भन्दै मधेशमा कांग्रेसको झण्डा फहरिन नदिने उदघोष पनि गरे ।

आन्दोलनकारीले कांग्रेसको झण्डा पनि जलाएका छन् । उनीहरुले कांग्रेसका मधेशी नेता कार्यकर्ताले साँच्चै मधेश आन्दोलनमा समर्थन जनाएको भए पार्टी परित्याग गरेर कालो झण्डा बोकेर सडकमा आउन अपिल गरे ।

यसअघि शुक्रबार इटहरीमा मधेशी मोर्चा र संघीय लिम्बुवान पार्टीले संयुक्त रुपले गर्न लागेको कार्यक्रम एमालेका कार्यकर्ताहरुले बिथोलेका थिए ।

congress ko karyakram bitholiyo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.