हुलाकी न्यूज, जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयमा थुनुवा पल्टु रबिदास झुण्डिएको अवस्थामा मृत फेला परेका घटनाको विरोधमा दलित जनमत संघले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका घर भएका मृतक रबिदास अंगभंग तथा कुटपिट मुद्दामा पक्राउ परेका थिए ।

संघले धनुषाका एसपी प्रकाश रानाभाटलाई कारबाही गर्नुपर्ने माग गरेका छन् भने घटनाको छानबिन गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरेका हुन्।

संघका नेता कार्यकर्ताहरुले प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने छन् भने घटनाको छानविनका लागि दलित अधिकारकर्मीहरुले पनि घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.